माथिल्लो मुस्ताङ र मुक्तिनाथमा भारी हिमपात
जलसरोकार
मुस्ताङ : मुस्ताङ जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा शनिबार रातिदेखि लगातार भारी हिमपात भएको छ। यस यामको छैटौँपटक परेको हिमपातले गाउँ बस्ती र उच्च लेकहरू सेताम्मे बनाइदिएको छ।
लोमान्थाङ का कार्यालय प्रमुख उमेश पौडेल का अनुसार वारागुङ मुक्तिक्षेत्र–३ स्याङव देखि कोरलानाकासम्मको क्षेत्र पूरै हिउँले ढाकिएको छ। माथिल्लो मुस्ताङका बस्ती क्षेत्रमा लगभग एक फिट हिउँ जमेको छ।
स्वाङवचेदेखि माथिल्लो मुस्ताङ का विभिन्न स्थानहरू-घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिङ्गर, छोसेर, सम्जुङ, नामासुङ, भर्सा, यारा, घारा, ढी र सुर्खाङ—मा छैटौँपटक भारी हिमपात भएको छ। लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिना का अनुसार हिमपात अझै रोकिएको छैन र साँझसम्म दुई फिटसम्म हिउँ जम्ने सम्भावना छ।
हिमपातसँगै तापक्रम घटिरहेको छ। यसले स्थानीय नागरिक र पशुपालन गर्ने किसानलाई सास्ती पुर्याइरहेको छ। मुस्ताङमा बर्सेनि एक बाली खेती हुन्छ, र बर्खेखेती सुरु हुने बेला परेको हिमपातले किसानलाई केही फाइदा पनि पुर्याउने देखिन्छ।
वारागुङ मुक्तिनाथ क्षेत्रमा पनि शनिबार राति भारी हिमपात भएको छ। कैसाङ ठोक्या ठकुरी का अनुसार खिङ्गा, झारकोट, पुडाक, छेङ्गुर र मुक्तिनाथ क्षेत्रमा हिमपातले दर्शनार्थीहरूलाई सानोतिनो असुविधा पुर्याए पनि पर्यटकहरूको उत्साह बढाएको छ।
माथिल्लो मुस्ताङ र मुक्तिनाथमा हिमपात हुँदा जोमसोमदेखि तल्लो क्षेत्रमा भारी वर्षा पनि भएको छ। घरपझोङका कृषि शाखा अधिकृत रोशन थकाली का अनुसार स्याउका फूल फुल्ने बेला परेको वर्षा र हिमपातले स्याउखेतीमा असर पुर्याउन सक्ने बताए।
विशेषज्ञहरूका अनुसार यस वर्षको लगातार छैटौँ हिमपात र विगत तीन वर्षसम्म हिउँ नपर्नु जलवायु परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष असर हो। हिमाली क्षेत्रमा असमान हिमपातले केही वर्षमा भारी, केही वर्ष आंशिक र केही वर्ष हिउँ नै नपर्नेजस्ता परिस्थिति देखा पर्न थालेको विश्लेषण गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा भारी गिरावट, १०५ अंकले घटेर २६७६ मा सीमित
-
अब आइतबार शेयर बजार पनि बन्द हुने
-
गोकर्णेश्वरमा उज्यालो नेपाल पार्टीको प्रवेश कार्यक्रम, १५७ जना पार्टीमा आबद्ध
-
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आवेदन अवधि थप
-
नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने
-
आईतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर