यूएईमा पुनः भारी वर्षा, सावधानी अपनाउन सुझाव
जलसरोकार
काठमाडौं–करिब दुई हप्ताअघि पानीले अस्तव्यस्त पारेको दुवईमा पुनः भारी वर्ष भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी र दुबई शहरहरूमा बिहीबार बिहानै मेघगर्जन, चट्याङसहित भीषण वर्षा भएको हो। एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको गल्फ न्यूजले जनाएको छ। स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम बदली हुने पूर्वानुमान गरेकोमा त्यसअघि नै हुरी र चट्याङ सहित वर्षा भएको गल्फ न्यूजले जनाएको छ।
यसअघि वैशाख ४ गतेपनि यूएईको अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढी आएको थियो। मध्यराततिरै अबुधाबीको पश्चिममा रहेको अल धाफ्रा र अल सिला क्षेत्रमा भारी वर्षा भएको थियो। अल अब्याद टापुसहित केही क्षेत्रमा असिना परेको थियो। मोहम्मद बिन जायद सहर र अल शमामेखमा चट्याङ र मेघगर्जनसहित वर्षा भएको थियो। दुबईको राष्ट्रिय मौसम विभागले नागरिकलाई सुरक्षा सतर्कता अपनाउन भनेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी
-
यस्तो रहने छ आजको मौसम
-
ट्रंक तथा डेडिकेटेडको बक्यौता नउठाउन हितेन्द्रदेव शाक्यको पक्षमा सरकारलाई परमादेश
-
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता, महाकाली सिँचाइ र प्रसारण लाइन विस्तारमा छलफल