यूएईमा पुनः भारी वर्षा, सावधानी अपनाउन सुझाव
जलसरोकार
काठमाडौं–करिब दुई हप्ताअघि पानीले अस्तव्यस्त पारेको दुवईमा पुनः भारी वर्ष भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी र दुबई शहरहरूमा बिहीबार बिहानै मेघगर्जन, चट्याङसहित भीषण वर्षा भएको हो। एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको गल्फ न्यूजले जनाएको छ। स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम बदली हुने पूर्वानुमान गरेकोमा त्यसअघि नै हुरी र चट्याङ सहित वर्षा भएको गल्फ न्यूजले जनाएको छ।
यसअघि वैशाख ४ गतेपनि यूएईको अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढी आएको थियो। मध्यराततिरै अबुधाबीको पश्चिममा रहेको अल धाफ्रा र अल सिला क्षेत्रमा भारी वर्षा भएको थियो। अल अब्याद टापुसहित केही क्षेत्रमा असिना परेको थियो। मोहम्मद बिन जायद सहर र अल शमामेखमा चट्याङ र मेघगर्जनसहित वर्षा भएको थियो। दुबईको राष्ट्रिय मौसम विभागले नागरिकलाई सुरक्षा सतर्कता अपनाउन भनेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी