नेप्सेमा हरियाली फर्कियो : परिसूचक ४०.६४ अंकले बढ्यो, कारोबार ३ अर्ब २५ करोड रुपैयाँमाथि
जलसरोकार
काठमाडाैं : साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य सुधारसहित बन्द भएको छ। लगातार दुई कारोबार दिनको गिरावटपछि बजारमा हरियाली फर्किँदा नेप्से परिसूचक ४०.६४ अंकले बढेर २ हजार ६४८.९७ विन्दुमा पुगेको हो।
यस दिन बजारमा ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँभन्दा बढी बराबरको शेयर कारोबार भएको छ। कुल ३६५ कम्पनीका ८७ लाख ३७ हजारभन्दा बढी कित्ता शेयर ७९ हजारभन्दा बढी कारोबारमार्फत खरिद–बिक्री भएका छन्।
बजारमा अधिकांश उपसूचकहरू हरियो रहँदा लगानीकर्ताको खरिद चाप बढेको देखिएको छ। पछिल्ला दुई कारोबार दिन लगातार ओरालो लागेको बजारमा बुधबार आएको सुधारले लगानीकर्ताको मनोबल केही बलियो बनेको संकेत गरेको छ।
विश्लेषकहरूका अनुसार बजारमा आएको सुधारसँगै लगानीकर्ता पुनः सक्रिय बन्दै गएको देखिए पनि आगामी कारोबारमा यो वृद्धि निरन्तर रहने वा अल्पकालीन प्राविधिक सुधार मात्र हो भन्ने विषय भने आगामी दिनको कारोबारले स्पष्ट पार्नेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना