सेयर बजारमा हरियाली, परिसूचक २०२७ मा उक्लियो
लघुवित्त र जलविद्युतको सेयर मूल्यमा उछाल
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा २८ अंकले बढेको छ । साताको चौथो कारोबारमा पनि बजार परिसूचक २८.६२ अंक उकालो लागेको हो । अघिल्लो कारोबारको दिन २४ अंकले बढेको बजार आज पनि कारोबारको सुरुवातदेखि नै सकारात्मक रह्यो । बैंकहरुले ब्याजदर कम गर्नु ब्रोकर कमिसन कम जस्ता कुराले बजार क्रमशः सुधार हुँदै गएको जानकारहरु बताउँछन् ।
आजको कारोबारमा बजार परिसूचक २८.६२ अंक बढ्दा समग्र बजार परिसूचक बिन्दु २०२७.५१ मा उक्लिएको छ । आज २१९ कम्पनीको सेयर मूल्य बढ्यो भने २२ कम्पनीको सेयर मूल्य घटेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबारका दिन ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ५९ हजार ८५६ पटकमा खरिद बिक्री भएको छ ।
समाज लघुवित्त, उपकार लघुवित्त, युनिक नेपाल लघुवित्त, जनउत्थान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो ।
बजार २८ अंकले बढ्दा सबै समूहगत परिसूचक हरियो देखिए । सबैभन्दा धेरै माइक्रो फाइनान्स र हाइड्रो क्षेत्रका सेयर मूल्य बढेको छ । माइक्रो फाइनान्स समूह ३.४४ प्रतिशत तथा जलविद्युत् समूह ३.२२ प्रतिशतले बढ्यो । जलविद्युत् समूहका ८८ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको सेयर मूल्य घटेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी