सेयर बजारमा हरियाली, परिसूचक २०२७ मा उक्लियो
लघुवित्त र जलविद्युतको सेयर मूल्यमा उछाल
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा २८ अंकले बढेको छ । साताको चौथो कारोबारमा पनि बजार परिसूचक २८.६२ अंक उकालो लागेको हो । अघिल्लो कारोबारको दिन २४ अंकले बढेको बजार आज पनि कारोबारको सुरुवातदेखि नै सकारात्मक रह्यो । बैंकहरुले ब्याजदर कम गर्नु ब्रोकर कमिसन कम जस्ता कुराले बजार क्रमशः सुधार हुँदै गएको जानकारहरु बताउँछन् ।
आजको कारोबारमा बजार परिसूचक २८.६२ अंक बढ्दा समग्र बजार परिसूचक बिन्दु २०२७.५१ मा उक्लिएको छ । आज २१९ कम्पनीको सेयर मूल्य बढ्यो भने २२ कम्पनीको सेयर मूल्य घटेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबारका दिन ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ५९ हजार ८५६ पटकमा खरिद बिक्री भएको छ ।
समाज लघुवित्त, उपकार लघुवित्त, युनिक नेपाल लघुवित्त, जनउत्थान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो ।
बजार २८ अंकले बढ्दा सबै समूहगत परिसूचक हरियो देखिए । सबैभन्दा धेरै माइक्रो फाइनान्स र हाइड्रो क्षेत्रका सेयर मूल्य बढेको छ । माइक्रो फाइनान्स समूह ३.४४ प्रतिशत तथा जलविद्युत् समूह ३.२२ प्रतिशतले बढ्यो । जलविद्युत् समूहका ८८ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको सेयर मूल्य घटेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन