निजी क्षेत्रको सुरक्षा सुनिश्चित सरकारले गर्छ : अर्थमन्त्री खनाल
जलसरोकार
काठमाडौं: राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षा र सुरक्षासँगै सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
उनले जेनजी आन्दोलनले निजी क्षेत्रलाई त्रसित बनाएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसको मूल कारण बेरोजगारी, विकासमा समावेशिताको कमी र युवाहरूमा जमेको पीडा रहेको उल्लेख गरे । मन्त्री खनालले सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिनेसँगै सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्मानपूर्वक बाँच्ने वातावरण सिर्जना गर्न प्राथमिकता दिने बताए ।
अर्थमन्त्री खनालका अनुसार आन्दोलनका क्रममा करिब रु ७८ अर्ब बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक विवरण आएको छ भने ५५ जिल्लामा करिब दुई हजार ९०० भवन क्षतिग्रस्त भएका छन् । उनले चालु आर्थिक वर्षको बजेटबाट रु एक खर्ब २० अर्ब बराबरको स्रोत पुनर्निर्माणका लागि छुट्याइएको उल्लेख गर्दै तत्काल पुनस्र्थापना कार्य अघि बढाइने धारणा व्यक्त गरे ।
उनले कर प्रणाली सुधार गर्न आवश्यक रहेको बताउँदै इमानदार व्यवसायीलाई अनावश्यक ‘फुल अडिट’ नहुने र पुँजी बजारका संरचनागत समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिनुभयो। अर्थसचिव घनश्याम उपाध्यायले रोजगारी केन्द्रित लगानी बढाउन, राजस्व प्रशासनलाई बलियो र ‘फेसलेस अडिट’को व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। राजस्व सचिव भूपाल बरालले कर चुहावट नियन्त्रण, प्रशासन सुधार, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोग आवश्यक रहेको जानकारी दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनको क्रममा उद्योगी–व्यवसायीका निजी र व्यावसायिक संरचनामा गरिएका आक्रमण अस्वीकार्य भएको बताउँदै अनावश्यक हस्तक्षेप र धन्दा बिगार्नेहरूविरुद्ध कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।,
यस वर्षको कर दिवस ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नारासहित मनाइएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १३ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
गृहमन्त्री सुदन गुरुङको प्रष्टिकरण: ‘बिचौलिया भट्टसँग जोडिएको आरोप अनुमानमा आधारित’
-
बुढीगण्डकी आयोजनालाई अघि बढाउने सरकारकाे पहल सकारात्मक : डा. भट्टराई
-
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६८ हजार लगानीकर्तालाई शेयर
-
घट्यो सुन र चाँदीको मुल्य, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
इन्धन मूल्य वृद्धि फिर्ता लिन कुलमान उनेपाका अध्यक्ष घिसिङको सरकारसँग माग