अर्थतन्त्र चलायमान बनाउन सरकार केन्द्रित : अर्थमन्त्री वाग्ले
जलसरोकार
काठमाडाैं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई थप चलायमान बनाउँदै आर्थिक गतिविधिमा गति दिन सरकार पूर्ण रूपमा केन्द्रित रहेको बताएका छन् । उनले अर्थतन्त्र उकास्न आवश्यक नीतिगत तथा संरचनागत पहलहरू अघि बढाइएको उल्लेख गरे ।
हेटौंडामा आज नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन तथा बागमती प्रादेशिक कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री वाग्लेले आर्थिक गतिविधि विस्तारमा बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नेपाल बैंक लिमिटेडले स्थानीयस्तरका सेवाग्राहीलाई लक्षित गरी वित्तीय पहुँच र आर्थिक गतिविधि विस्तारमा अझ प्रभावकारी योगदान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बैंकको वित्तीय अवस्थाबारे जानकारी दिँदै हाल बैंकमा करिब ७०० अर्ब रुपैयाँ निक्षेप संकलन भएको बताए । उनका अनुसार बैंकले २६० अर्ब रुपैयाँ कर्जामा लगानी गरेको छ भने अन्य क्षेत्रमा १४० अर्ब रुपैयाँ लगानी रहेको छ। बैंकका ग्राहक संख्या २७ लाख पुगेको पनि उनले जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व रहेको नेपाल बैंक लिमिटेडले प्रचलित नीति तथा नियमअनुसार कारोबार सञ्चालन गरिरहेको उल्लेख गर्दै डिजिटल बैंकिङ सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए । यद्यपि, अत्याधुनिक डिजिटल सेवा विस्तारका क्रममा सार्वजनिक खरिद ऐनअन्तर्गतका जटिल प्रक्रियाले केही चुनौती सिर्जना गरिरहेको उनकाे भनाइ थियो।
कार्यक्रममा बैंकिङ सेवाको विस्तार, डि
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?