सरकारी खर्च ११ खर्ब ५३ अर्ब पुग्यो, राजस्व संकलन ९ खर्ब ७० अर्ब मात्र
जलसरोकार
काठमाडाैं : चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले कुल बजेटको ५८.७५ प्रतिशत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेटमध्ये हालसम्म ११ खर्ब ५३ अर्ब रुपैयाँ खर्च भएको छ ।
कार्यालयका अनुसार चालु शीर्षकमा सबैभन्दा बढी खर्च भएको छ । सरकारले चालु खर्चका लागि विनियोजन गरेको ११ खर्ब ८० अर्ब रुपैयाँमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजनको ६८.०४ प्रतिशत हो । चालु खर्चमा सरकारी प्रशासनिक कामकाज, कर्मचारी तलब–भत्ता तथा नियमित सञ्चालन खर्च समावेश हुन्छ ।
पुँजीगत खर्च भने अपेक्षाकृत कमजोर देखिएको छ । पूर्वाधार विकासका लागि छुट्याइएको ४ खर्ब ७ अर्ब रुपैयाँमध्ये मात्र १ खर्ब ९ अर्ब रुपैयाँ खर्च भएको छ, जुन २६.८७ प्रतिशत हो । निर्माण सामग्रीको अभाव तथा विभिन्न आपूर्ति समस्या लगायतका कारण पुँजीगत खर्च प्रभावित भएको बताइएको छ ।
त्यस्तै, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब रुपैयाँ विनियोजन भएकोमा २ खर्ब ४० अर्ब रुपैयाँ खर्च भएको छ, जुन ६४.१६ प्रतिशत हो । यो शीर्षकअन्तर्गत सरकारले ऋणको साँवा र ब्याज भुक्तानी गर्ने गर्छ ।
राजस्व संकलनतर्फ सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेकोमा हालसम्म ९ खर्ब ७० अर्ब रुपैयाँ मात्र संकलन गर्न सकेको छ ।
समग्रमा, चालु खर्च उच्च रहे पनि पुँजीगत खर्च अपेक्षाकृत कमजोर देखिँदा विकास निर्माणको गति सुस्त देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो