अर्थतन्त्रलाई चलायमान बनाइ आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री पौडेल
जलसरोकार
काठमाडौं ः मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको अर्थमन्त्री विष्णु पौडेलले दाबी गरेका छन् । अर्थमन्त्री पौडेलले सांसद सोबिता गौतमलाई संसद सचिवालय मार्फत पठाएको जवाफमा मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको बताएका हुन् ।
‘मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैन । अधिकांश आर्थिक परिसूचकहरु सकारात्मक रहेकाले उक्त कुरा पुष्टि भएको छ, उनले भने । अर्थतन्त्रलाई चलायमान र गतिशील बनाइ आर्थिक वृद्धि तथा आर्थिक स्थायित्व कायम गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले जीगिर गरे ।
अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय सँस्थाहरुको प्रभावकारी नियमन नेपाल राष्ट्र बैंकबाट भइरहेको बताए । कुनै बैंक तथा वित्तीय संस्था समस्याग्रस्त देखिएमा नेपाल राष्ट्र बैंकबाट तत्काल सुधार परीक्षण गरी आवश्यक नियमन गर्ने कार्य नियमित रुपमा हुँदै आएको उनको भनाई छ ।
अर्थतन्त्रमा देखिएका वास्तविक समस्याहरु पहिचान गर्न र त्यस्ता समस्याहरुको लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनेको स्मरण गर्दै उक्त आयोगको प्रतिवेदनमा दिइएका सुझावहरू क्रमशः कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य