एकैदिन सुन तोलामा ७ हजार ४०० र चाँदी १०० रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। मंगलबार वृद्धि भएको मूल्य आज पनि उकालो लाग्दा सुन प्रतितोला ७ हजार ४०० रुपैयाँ र चाँदी तोलामा १०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण पछिल्ला दिनमा नेपाली बजारमा सुन–चाँदीको मूल्य निरन्तर उतारचढाव भइरहेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना