सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुग्यो, चाँदी पनि महँगियो
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो।
महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला चार हजार ४४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् आइतबार चाँदी प्रतितोला चार हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन्।
पछिल्ला केही दिनयता सुनचाँदीको मूल्यले नयाँ उचाइ कायम गर्दै आएको छ। मूल्यवृद्धिसँगै लगानीकर्ता तथा उपभोक्ताको चासो पनि बढेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना