सुनको भाउ बढ्यो, चाँदी घट्यो : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार, आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन यो २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
हालैका दिनहरूमा सुनको भाउमा सामान्य घटबढ देखिए पनि, असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ अहिलेसम्मकै उच्च पुगेको थियो ।
चाँदीको मूल्य भने सोमबार तोलामा २० रुपैयाँले घटेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएकोमा, आज ३ हजार ५८५ रुपैयाँ कायम भएको छ। गत बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँ—धजष्अज अहिलेसम्मकै उच्च पुगेको थियो ।
सुन–चाँदीको मूल्यमा देखिएको यो उतारचढावले बजारमा लगानी गर्ने वा खरीद–बिक्री गर्ने व्यक्तिका लागि समय र रणनीति मिलाउन चुनौती थप्ने देखिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना