सुनको मूल्य बढ्यो, चाँदी घट्यो : आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ : माघ २७ गते मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँले बढेर ३ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ५ हजार २४० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा दैनिक परिवर्तन भइरहेको महासंघले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना