सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी तोलामा २५ रुपैयाँले सस्तो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य रूपमा बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भई २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार १५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना