सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी सस्तियो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य रूपमा बढ्दा चाँदीको मूल्य भने घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
केही दिनयता उतारचढाव देखिएको सुनको मूल्य आइतबार पुनः बढेको हो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य तथा विनिमय दरमा हुने परिवर्तनका कारण नेपाली बजारमा पनि सुनको मूल्य दैनिक रूपमा परिवर्तन हुने गर्दछ।
यता चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ४७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
सुनको मूल्यमा सामान्य वृद्धि भए पनि चाँदीको मूल्य घटेसँगै बहुमूल्य धातुको बजारमा मिश्रित अवस्था देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना