सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो : डेढ महिनामा सुन तोलामा ३० हजारले घट्यो
जलसरोकार
काठमाडौं : अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ। सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदीको मूल्य भने घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ मा कारोबार भएको सुन सोमबार सामान्य सुधार देखिएको हो।
तर पछिल्लो डेढ महिनाको अवधिमा भने सुनको भाउ उल्लेखनीय रूपमा घटेको देखिन्छ। गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च स्तरमध्ये एक हो । त्यसयता बजार निरन्तर घट्दै आउँदा अहिलेको मूल्य उक्त उच्च विन्दुभन्दा करिब ३० हजार रुपैयाँले कम भएको छ।
सुनको मूल्य घट्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य समायोजन, अमेरिकी डलरको मजबुती तथा लगानीकर्ताको सुरक्षित सम्पत्तितर्फको मागमा आएको उतारचढावलाई मानिन्छ। नेपालमा सुनको मूल्य निर्धारण प्रायः अन्तर्राष्ट्रिय बजार र विनिमय दरको आधारमा हुने भएकाले विश्व बजारको प्रभाव प्रत्यक्ष देखिने गरेको छ।
यता चाँदीको मूल्य भने सोमबार घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ५ हजार २६५ रुपैयाँ मा कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँ मा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि केही सातायता उल्लेखनीय रूपमा घटेको छ। गत माघ १५ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च स्तर मानिन्छ। त्यसपछि बजारमा आएको गिरावटका कारण चाँदीको मूल्य पनि उल्लेख्य रूपमा घटेको देखिन्छ।
बजार विश्लेषकहरूका अनुसार सुन र चाँदीको मूल्यमा आउने उतारचढावले लगानीकर्ताको मनोविज्ञान, अन्तर्राष्ट्रिय आर्थिक अवस्था र मुद्रा बजारको प्रवृत्तिलाई प्रतिविम्बित गर्ने गर्छ। नेपालमा पनि विवाह तथा चाडपर्वको मागसँगै मूल्यमा थप उतारचढाव देखिने सम्भावना रहने उनीहरूको भनाइ छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना