सुन एकैदिन ६ हजार २०० रुपैयाँले महँगियो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार २०० रुपैयाँले बढ्दा चाँदी पनि प्रतितोला १८० रुपैयाँले महँगिएको हो।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ३०० रुपैयाँ कायम रहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला चार हजार ४५० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला चार हजार २७० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढ्न थालेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना