सुनको मूल्य फेरि उकालो, तोलामा १ हजार र चाँदी ५० रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ हजार रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ३६० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना