सुनको मुल्य फेरि उकालो, तोलामा २ लाख ९० हजार नाघ्यो
जलसरोकार
काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ । सोमबारको तुलनामा आज दुवै बहुमूल्य धातुको मूल्य उकालो लागेपछि बजार थप महँगो बन्दै गएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुन दुई लाख ८६ हजार ६०० रुपैयाँ र चाँदी पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो । एकै दिनमै सुन र चाँदी दुवैको मूल्य बढेपछि उपभोक्ता र व्यवसायी दुवै पक्ष सतर्क बनेका छन् ।
अन्तरराष्ट्रिय बजारको प्रभावस्वरूप मूल्य बढेको बताइँदै आएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा एक औँस सुन चार हजार ६८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ८० अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको असर स्थानीय बजारमा पनि प्रत्यक्ष देखिँदै गएको छ । सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेकाले निकट भविष्यमै थप महँगिने सम्भावना नकार्न नसकिने व्यवसायीहरूको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना