एकैदिन सुनमा ८ हजार र चाँदीमा ९५ रुपैयाँले बढ्याे
जलसरोकार
काठमाडौं : नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ९५ रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ५७० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको वृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्। पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना