सुनको मूल्य महंगियो, चाँदी सस्तियो : आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। सोमबारको तुलनामा सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला २०५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ। सोमबार उक्त सुन प्रतितोला तीन लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने घटेर प्रतितोला पाँच हजार ८१५ रुपैयाँ निर्धारण गरिएको छ। सोमबार चाँदी प्रतितोला छ हजार २० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस पाँच हजार २७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ९५ अमेरिकी डलरमा किनबेच भइरहेको छ।
वैश्विक बजारको प्रभाव, अमेरिकी डलरको विनिमय दर तथा अन्तरराष्ट्रिय आर्थिक अवस्थाले स्थानीय बजारमा सुनचाँदीको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने गरेको व्यवसायीहरू बताउँछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना