सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ : शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा दुई हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो दिन सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत सोमबार सुनको भाउ हालसम्मकै उच्च दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।
यसैगरी, चाँदीको भाउ पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर चार हजार पाँच रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ८५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना