सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ : शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा दुई हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो दिन सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत सोमबार सुनको भाउ हालसम्मकै उच्च दुई लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।
यसैगरी, चाँदीको भाउ पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर चार हजार पाँच रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ८५ रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव
-
मुस्ताङको चैले र चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु
-
आज देशभर मौसम मुख्यतया सफा