रेकर्डपछि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं : अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार रुपैयाँ तोकिएको छ । यसअघि अघिल्लो दिन सुन प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दै तीन हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला तीन हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबार चाँदीको भाउ हालसम्मकै उच्च मूल्य तीन हजार ९०५ रुपैयाँमा पुगेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार