रेकर्डपछि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं : अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार रुपैयाँ तोकिएको छ । यसअघि अघिल्लो दिन सुन प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दै तीन हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला तीन हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबार चाँदीको भाउ हालसम्मकै उच्च मूल्य तीन हजार ९०५ रुपैयाँमा पुगेको थियो ।
लेखकको बारेमा