सुनको मूल्य घट्याे, चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ६५ रुपैयाँले वृद्धि भएर ५ हजार ९४५ रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ मा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, विनिमय दर र स्थानीय माग–आपूर्तिको अवस्थाले सुनचाँदीको मूल्यमा उतारचढाव आएको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनहरूमा सुनमा सामान्य गिरावट देखिँदा चाँदीमा भने बढ्दो आकर्षण देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य