सुनको मूल्यमा निरन्तर भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौँ, : सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला रु ६ हजार ५०० ले घटेर रु २ लाख ७५ हजार ५०० मा कारोबार भइरहेको छ । आइतबार भने सुन प्रतितोला रु २ लाख ८२ हजारमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर घट्दो क्रममा देखिएको छ।
चाँदीको मूल्य पनि सोमबार घटेको छ। यस दिन चाँदी प्रतितोला रु ११५ ले घटेर रु ४ हजार ४२५ मा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला रु ४ हजार ५४० कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घट्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य