सुनको मूल्य स्थिर, चाँदी तोलामा ३५ रुपैयाँले घट्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो।
यता चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला ५ हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्ति तथा विनिमय दरको प्रभावका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य