सुनको मूल्य एकैदिन २ हजार ८०० रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३९५ रुपैयाँ थियो ।
यससँगै एकैदिन सुनको मूल्य २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयको बजेट खर्च साढे दुई महिनामा ३.०८ प्रतिशत मात्रै
-
नौ कारोबार दिनपछि नेप्से २६०० विन्दुमुनि, कारोबार रकम बढ्यो
-
पुँजी बजारमा चलखेल रोक्न अर्थ समितिको कडा निर्देशन, नेप्से र सीडीएससीको नेतृत्व तत्काल नियुक्त गर्न आग्रह
-
नेप्से नफेरिएसम्म पुँजीबजार नफेरिने, रणनीतिक साझेदार भित्र्याउन निजी क्षेत्रको दबाब
-
पुँजी बजार सुधारका लागि कर नीति बदल्नेदेखि नेप्से निजीकरणसम्मका सुझाव
-
पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति