सुनको मूल्यमा रेकर्ड क्रम जारी, प्रतितोला १ लाख ८० हजार नजिक
जलसरोकार
काठमाडौं ः चार दिनदेखि सुनको मूल्यमा रेकर्ड बन्ने क्रम जारी छ । मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन भाउ प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ तोकेको छ । आजको मूल्य अघिल्लो दिनको तुलनामा १८ सय बढी हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत शुक्रबारदेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सयमा कारोबार भएको सुन आइतबार १ लाख ७६ हजार ८ सय पुग्यो । सोमबार ११ सय बढेर १ लाख ७७ हजार ९ सय पुगेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य