सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुन तोलामा २ हजार ९०० रुपैयाँले महँगियो, चाँदीको मूल्य पनि बढ्यो

जलसरोकार
शुक्रबार, असोज २३, २०८३ | ११:०७:२५ बजे

 

काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको छ।

महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १५ रुपैयाँले बढेर चार हजार ४०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

शुक्रबारको कारोबारमा सुन र चाँदी दुवैको मूल्य बढेसँगै बहुमूल्य धातुको बजारमा मूल्यवृद्धि देखिएको छ।

प्रकाशित मिति : शुक्रबार, असोज २३, २०८३ | ११:०७:२५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया