प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको भाउ
जलसरोकार
काठमाडौं,: नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । सोमबार १ लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज १ लाख ५१ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको हो ।
सुनको मूल्य आइतबार एकैदिन प्रतितोला २ हजार २ सयले घटेको थियो । सोमबार ४ सयले वृद्धि हुँदा आज २ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदीको मूल्य त्यसपछि १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना