एकै दिन १९ सय रुपैयाँले बढ्यो सुनको मुल्य
जलसरोकार
काठमाडौं: नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ । सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ३० रूपैयाँ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीयवासीले मागे मुआब्जा
-
राहुघाट जलविद्युत् आयोजनाको काम ९० प्रतिशत सकियो, मार्चमा परीक्षण उत्पादनको तयारी
-
ठेक्का तोडिएका सडक–पुल योजनामा तत्काल नयाँ टेण्डर प्रक्रिया अघि बढाउन मन्त्री घिसिङको निर्देशन
-
देशभर आंशिक बदली, तराई र उपत्यकामा हुस्सु/कुहिरो
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम