सुनको मुल्य आज प्रतितोला ३ लाख तीन हजार कायम
जलसरोकार
काठमाडौँ, : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु २ हजार ४०० ले बढेर रु ३ लाख ३ हजार ८०० र चाँदी रु २९० ले बढेर रु ६ हजार ४८० पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आजको मूल्य अनुसार एक तोला छापावाल सुन र चाँदीको मूल्य क्रमशः रु ३ लाख ३ हजार ८०० र रु ६ हजार ४८० कायम भएको हो । गत शुक्रबार सुनको मूल्य रु ३ लाख १ हजार ४०० र चाँदी रु ६,१९० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन एक औँसको मूल्य ४ हजार ९ सय ८७ अमेरिकी डलर र चाँदीको मूल्य १०३ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विशेषज्ञका अनुसार, लगातार मूल्य वृद्धिले सुनको बजारमा लगानीकर्ताको चासो बढेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना