सुनको मूल्यमा एकैदिन ४ हजार २०० रुपैयाँको छलाङ, चाँदी पनि महँगियो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढ्दा चाँदी पनि प्रतितोला ९५ रुपैयाँले महँगिएको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबार दिनको ४ हजार ३८० रुपैयाँको तुलनामा ९५ रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ। पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर अस्थिर रहँदै आएको छ भने बुधबारको वृद्धि हालैका दिनकै उल्लेखनीय वृद्धिमध्ये एक मानिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना