सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनको मूल्य एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्यो

जलसरोकार
बिहीबार, भदौ ०४, २०८३ | ११:०३:४२ बजे

 

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। यस दिन सुन प्रतितोला ९ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला २६० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख चार हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। बुधबार चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।

यससँगै एकैदिन सुनको मूल्यमा हालसम्मकै ठूलोमध्ये उल्लेख्य वृद्धि भएको छ भने चाँदीको मूल्यसमेत नयाँ उचाइतर्फ पुगेको छ।

प्रकाशित मिति : बिहीबार, भदौ ०४, २०८३ | ११:०३:४२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया