सुनकाे मूल्य एकैदिन ७ हजार २०० ले बढ्याे
जलसरोकार
काठमाडाैं : नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १६५ रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो। अघिल्लो दिन पनि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला चार हजार ६१५ रुपैयाँ निर्धारण गरिएको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना