नेपाली बजारमा सुन प्रतितोला ५ हजारले बढ्यो, चाँदी पनि महँगियो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य पुनः बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ रहेको थियो।
पछिल्ला केही दिनयता सुनको मूल्य लगातार उकालो लागिरहेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलरको उतारचढाव तथा माग–आपूर्तिमा आएको परिवर्तनका कारण सुनको मूल्यमा दबाब परेको व्यवसायीहरू बताउँछन्।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँ मा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ रहेको थियो।
सुनचाँदीको मूल्य निरन्तर बढ्दा उपभोक्ता तथा व्यवसायी दुवै प्रभावित भएका छन्। विशेषगरी विवाह तथा चाडपर्वको समयमा सुनको माग बढ्ने भएकाले मूल्य वृद्धिको असर उपभोक्तामा थप पर्ने देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना