सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो, चाँदी घट्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले आज पनि निरन्तरता पाएको छ। भदौ ८ गते सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।
यससँगै एक दिनमा सुनको मूल्य ३ हजार २०० रुपैयाँले बढ्दा चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना