सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नेपाल विद्युत प्राधिकरण ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनको भाउ तोलामा ४ हजार ६ सयले बढ्यो, चाँदी पनि महँगियो

जलसरोकार
सोमबार, पुस २१, २०८२ | ११:०४:१५ बजे

 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ ।

अमेरिकाले भेनेजुयलामाथि गरेको आक्रमण र नियन्त्रणसम्बन्धी घटनाक्रमका कारण विश्व बजारमा अनिश्चितता बढेपछि लगानीकर्ताको आकर्षण सुनतर्फ बढेको बताइएको छ। अन्तर्राष्ट्रिय बजारमा शनिबार र आइतबार कारोबार बन्द रहे पनि सोमबार खुलेसँगै सुनको मूल्य प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर नाघेको छ ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण आगामी दिनमा सुनचाँदीको भाउ थप उतारचढाव हुन सक्ने व्यवसायीहरूको अनुमान छ ।

प्रकाशित मिति : सोमबार, पुस २१, २०८२ | ११:०४:१५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया