सुनको भाउ तोलामा ४ हजार ६ सयले बढ्यो, चाँदी पनि महँगियो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ ।
अमेरिकाले भेनेजुयलामाथि गरेको आक्रमण र नियन्त्रणसम्बन्धी घटनाक्रमका कारण विश्व बजारमा अनिश्चितता बढेपछि लगानीकर्ताको आकर्षण सुनतर्फ बढेको बताइएको छ। अन्तर्राष्ट्रिय बजारमा शनिबार र आइतबार कारोबार बन्द रहे पनि सोमबार खुलेसँगै सुनको मूल्य प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर नाघेको छ ।
यसैगरी, चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण आगामी दिनमा सुनचाँदीको भाउ थप उतारचढाव हुन सक्ने व्यवसायीहरूको अनुमान छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना