सुनको मूल्य तोलामा २८ सय बढ्यो, चाँदी १० रुपैयाँले घट्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम आइतबार पनि जारी रहेको छ। भदौ ७ गते सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला चार हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार ९७५ रुपैयाँमा झरेको छ।
यसअघि पनि सुनको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ। महासंघले दैनिक रूपमा सुन तथा चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना