सुनको मूल्य दुई दिनमै तोलामा १२ हजार ६ सयले बढ्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै पछिल्लो दुई कारोबार दिनमै सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँले बढेको छ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९८५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य निरन्तर बढ्दै गएपछि नेपाली बजारमा पछिल्ला दिनमा सुनचाँदीको कारोबार प्रभावित हुन थालेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना