सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ६० हजार नाघ्यो
जलसरोकार
काठमाडौं : सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि आइतबार सुनको भाउ दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको थियो । त्यसअघि असोज ३१ गते सुन प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो । आइतबार मात्रै अघिल्लो रेकर्ड तोडिएकोमा सोमबार फेरि नयाँ कीर्तिमान बनेको हो ।
यस्तै, चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर तीन हजार ८७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला तीन हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीले यसअघि गत शुक्रबार प्रतितोला तीन हजार ९०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना