सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ६० हजार नाघ्यो

जलसरोकार
सोमबार, मंसिर २९, २०८२ | १०:५८:२० बजे

 

काठमाडौं : सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि आइतबार सुनको भाउ दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको थियो । त्यसअघि असोज ३१ गते सुन प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो । आइतबार मात्रै अघिल्लो रेकर्ड तोडिएकोमा सोमबार फेरि नयाँ कीर्तिमान बनेको हो ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर तीन हजार ८७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला तीन हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीले यसअघि गत शुक्रबार प्रतितोला तीन हजार ९०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर २९, २०८२ | १०:५८:२० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया