सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलामा २ लाख ७० हजार नाघ्यो
जलसरोकार
काठमाडौं : साताको कारोबारको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । एकै दिनमा सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ५६५ रुपैयाँ थियो । यसअनुसार चाँदी प्रतितोला २७० रुपैयाँले बढेको हो ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लाग्नु, अमेरिकी डलरको मूल्यवृद्धि, विश्वव्यापी आर्थिक अनिश्चितता र सुरक्षित लगानीका रूपमा सुनतर्फ लगानीकर्ताको आकर्षण बढ्नुले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य बढ्दै गएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस उच्च स्तरमा पुगेको र चाँदीको मूल्य पनि बढ्दो क्रममा रहेकाले आगामी दिनमा सुनचाँदीको मूल्य थप उतारचढाव हुन सक्ने व्यवसायीहरूको अनुमान छ ।
सुनको मूल्य निरन्तर बढ्दा गहना खरिद गर्ने उपभोक्तामा असर परेको छ भने लगानीकर्ताले भने सुनलाई सुरक्षित सम्पत्तिका रूपमा हेर्न थालेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना