सुनको मूल्य ५०० रुपैयाँ घट्यो, चाँदी ५ रुपैयाँ बढ्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।
यससँगै बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आए पनि चाँदीको मूल्य भने उकालो लागेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना