एकैदिन सुनको भाउ ४ हजार ८ सयले घट्यो, चाँदी पनि सस्तो
जलसरोकार
काठमाडौँ, : नेपाली बजारमा आइतबार सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर ३ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यमा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको उतारचढाव तथा भू–राजनीतिक तनावजस्ता कारणले प्रभाव पार्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा पटक–पटक उतारचढाव देखिँदा नेपाली बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने गरेको छ।
महासंघका अनुसार नेपाली बजारमा हालसम्म सुनको सबैभन्दा उच्च मूल्य गत माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ। त्यसयता केही दिन बढे–घटे पनि पछिल्ला दिनमा मूल्य घट्ने क्रम देखिएको छ।
यस्तै, चाँदीको भाउ पनि घटेको छ। आइतबार चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यले पनि यसअघि माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो। त्यसयता बजारमा माग र अन्तर्राष्ट्रिय मूल्यको प्रभावका कारण चाँदीको भाउ पनि घटबढ भइरहेको छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने परिवर्तन, अमेरिकी डलरको मजबुती, कच्चा तेलको मूल्य र विश्व अर्थतन्त्रसँग सम्बन्धित घटनाले सुन–चाँदीको मूल्यमा प्रत्यक्ष असर पार्ने गर्दछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना