सुन तोलामा २ हजार ७०० र चाँदी १६० रुपैयाँले घट्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला २ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १६० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला तीन लाख चार हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख छ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार एकै दिनमा सुनको मूल्य २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १६० रुपैयाँले घटेको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना