सुनको मूल्य २ हजार १०० रुपैयाँले घट्यो
जलसरोकार
काठमाडौं : शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। यस दिन सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, चाँदी प्रतितोला ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको मूल्य परिवर्तन तथा माग–आपूर्तिको अवस्थाका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना