तोलामा १ हजार ३ सय रुपैयाँले सुन सस्तियो
जलसरोकार
काठमाडौँ : मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना