सुनको भाउ तोलामा रु १२ हजार ५०० ले घट्दा चाँदीको मूल्य रु ३५५ ले ओरालो
जलसरोकार
काठमाडौँ, : नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुनको भाउ तोलामा रु १२ हजार ५०० ले घट्दा चाँदीको मूल्य रु ३५५ ले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८२ हजार कायम भएको छ भने चाँदी प्रतितोला रु ४ हजार ५४० मा कारोबार भइरहेको छ ।
यसअघि गत शुक्रबार सुन प्रतितोला रु २ लाख ९४ हजार ५०० र चाँदी रु ४ हजार ८९५ कायम भएको थियो। त्यस्तै अघिल्लो दिन सुनको मूल्य प्रतितोला रु ३ लाख २ हजार ३०० र चाँदी रु ५ हजार १० रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यमा उतारचढाव देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल सुन प्रतिऔँस ४ हजार ५०० अमेरिकी डलर र चाँदी प्रतिऔँस ६८ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ ।
लगातार मूल्य घटेसँगै स्थानीय बजारमा सुन खरिद गर्ने उपभोक्ताका लागि केही राहत मिलेको व्यवसायीहरू बताउँछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना