सुन प्रतितोला १२ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवै धातुको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि सामान्य घटेर प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना