सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो, चाँदी १० रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौं : स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यही सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको कारोबार जारी छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार २९ अमेरिकी डलर र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना