सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनको मूल्यमा पाँच हजार रुपैयाँ गिरावट, चाँदी पनि घट्यो

जलसरोकार
सोमबार, असोज १२, २०८३ | ११:०३:५४ बजे

 

काठमाडौं : नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु पाँच हजार तथा चाँदीको मूल्य प्रतितोला रु १४५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला रु दुई लाख ९४ हजार ३०० मा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला रु दुई लाख ९९ हजार ३०० मा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदी प्रतितोला रु चार हजार ५१० मा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला रु चार हजार ६५५ थियो ।

यसअनुसार एक दिनमै सुनको मूल्य रु पाँच हजार र चाँदीको मूल्य रु १४५ ले घटेको हो ।

प्रकाशित मिति : सोमबार, असोज १२, २०८३ | ११:०३:५४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया